नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ ।
अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १.९५ प्रतिशतले वृद्धि भएको छ ।
सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ ।
सोमबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ६।०८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५।९८ प्रतिशतले वृद्धि भएको छ ।
यता इस्टन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९७ प्रतिशतले गिरावट हुँदा ३० प्रतिशत लाभांश प्रस्ताव गरेको फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ६.७६ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.७२ प्रतिशतले गिरावट भएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

